भालुवाङमा विषालु सर्पको डसाईबाट एक किशाेरको मृत्यु



भालुवाङमा विषालु सर्पको डसाईबाट एक किशाेरको मृत्यु

भालुवाङ २८ साउन । विषालु सर्पले डस्दा दाङको देउखुरीमा एक किशाेरको मृत्यु भएको छ । राप्ती गाउँपालिका १ आँपखोली टोल भालुवाङ निवासी १८ वर्षिय  मुक्ति पुन मगरलाई बुधवार राती करिव ११ बजेको समयमा सर्पले डस्दा उनको मृत्यु भएको हो ।

किशाेरलाई कुन सर्पले डसेको त्यो भने परिवारलाई थाहा नभएको बताएका छन् । सुरुमा झारफुकमा लागेर किशाेरको अन्तिम अवस्थामा सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा लग्दा डा.ले मृत घोषणा गरेका थिए । ती किशाेर भालुवाङको राष्ट्रिय मावि कक्षा ९ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे