देशभर साेमबार थप ३,६५१ जनामा काेराेना संक्रमण पुष्टि, १,७८४ संक्रमण मुक्त, २२ जनाकाे मृत्यु



देशभर साेमबार थप ३,६५१ जनामा काेराेना संक्रमण पुष्टि, १,७८४ संक्रमण मुक्त, २२ जनाकाे मृत्यु

काठमाण्डाै २५ साउन । देशभर साेमबार थप तीन हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार चार सय ४५ जनाको पीसीआर र ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएकाे हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ ।  यस्तै साेमबार एक हजार सात सय ८४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ ।

यही अवधिमा थप २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ ।  अहिले नेपालमा ३६ हजार दुई सय ८८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे