दाङमा बिहिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त



दाङमा बिहिबार थप  ७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त

घोराही २१ साउन । दाङमा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसिआर परिक्षण गर्दा ४ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका ४ जना, तुलसीपुर, लमही र राप्तीका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । आज थप भएका ७ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय १ सय ५० जना पुगेको छ । ति मध्य एक सय २५ जना घरमा, अक्सिजन सहितको उपचारमा १७ जना र आईसियूमा ४ जना रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङमा १५ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका १० जना, तुलसीपुरका ३ र लमहीका र राप्तीका २ जना रहेका छन् ।

बैशाख यता दाङमा ८ हजार ५ सय ३४ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १ सय ७६ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे