क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने



क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

काठमाण्डाै २१ साउन । वैदेशिक रोजगारीमा जाने नागरिकले क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्यरूपमा विद्युतीय खोप प्रमाणपत्र लिनुपर्ने भएपछि यसलाई व्यवस्थित गर्न अनलाइन सेवा सुरु गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसका लागि vaccine.moph.gov.np/public-request-form मा गएर राहदानीको सक्कल प्रमाणपत्र, सक्कल खोप कार्ड, पासपोर्ट साइजको फोटो, कबुलियतनामा लगायतका कागजातसहित आवेदन पेस गर्न सकिने छ ।

तीन दिनभित्रै विदेश जानुपर्ने नागरिकले भने यसबारे फारममा उल्लेख गरी भिसा र टिकट पनि पेस गर्नु पर्नेछ । यस्ता नागरिकको हकमा विभागले द्रुत सेवामार्फत चौबीस घण्टाभित्रै  र अन्यको हकमा भने तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउने जनाएको छ ।

अनलाइनबाट फारम भर्न समस्या पर्ने नागरिकले भने कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आफैँ उपस्थित भएर खोप प्रमाणपत्रको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे