दाङकाे घोराहीबाट एटिएम तोडफोड गर्ने २ युवक पक्राउ



दाङकाे घोराहीबाट एटिएम तोडफोड गर्ने २ युवक पक्राउ

दाङ १७ साउन । बैंकको एटिएम फोड्न खोज्ने दूई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ मंलेरीका १८ बर्षीय सुबाश बिक र सुन्दर नगर टोलका १८ बर्षकै प्रकाश भुसाल पक्राउ परेका छन् ।

उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरेपनि पैंशा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे