अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने तालिबानको प्रयास, कान्दाहरबाट सयौँ नागरिक विस्थापित



अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने तालिबानको प्रयास, कान्दाहरबाट सयौँ नागरिक विस्थापित

काठमाण्डाै १७ साउन । तालिबानले अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास गरेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका हेरात, लस्कर गाह र कान्दाहर सहर सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ । तर ती प्रमुख सहर अहिलेसम्म सरकारी सेनाको नियन्त्रण छन् । कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् ।

तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ । अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने यसअघि नै घोषणा भएर कार्यान्वयन हुँदै आएको छ ।

अमेरिकी सेना फर्कन थालेपछि तालिबानले ग्रामीण क्षेत्रहरुमा कब्जा जमाउन थालेको छ । मुख्य तीन सहरमा पछिल्लो पटक कब्जा जमाउने प्रयास भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे