देउखुरीमा १८ थान अवैध गोलिया काठ सहित २ जना पक्राउ



देउखुरीमा १८ थान अवैध गोलिया काठ सहित २ जना पक्राउ

भालुवाङ १२ साउन । दाङको देउखुरीमा १८ थान अवैध गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लमही नगरपालिका वडा नं. २ मजगाउँ बस्ने २५ वर्षिय ज्ञानबहादुर चौधरी र वडा नं. २ फल्कापुर बस्ने २१ वर्षिय किसन चौधरी रहेका छन् ।

सोमवार बेलुका करिव ४ बजेको समयमा लमही नगरपालिका वडा नं. २ राजपुरघाटबाट रा १ त ४०७३ नं. को ट्याक्टरमा अवैध रुपमा काठ ओसार–पसार गरी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट नर्तीबाट खटिएको प्रहरी गस्ती टोलीले इपिलिपी जात गरेको काठ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेकोे प्रवक्ता रिजालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे