देउखुरीकाे अर्नहवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



देउखुरीकाे अर्नहवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देउखुरी १० साउन । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। पुर्बबाट पश्चिम् तर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ४ अर्नवा मोडमा दुर्घटना भएकोवडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।

मृत्यु हुनेमा पूरा ठेगाना नखुलेका तर परिचय पत्रमा नाम युवराज राना घर दाङ भनी उल्लेख रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना कति बजे र कसरी भयो भन्ने एकिन छैन । दुर्घटना स्थल नजिकै हार्डवयर पसलमा मान्छे आएपछी पसल नजिकैको झाडीमा मोटरसाइकल र मानिसको शब देखेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक रानाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र उनको ठेगाना पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे