भाषा संरक्षणमा थारु बृहत शब्द कोषको महत्वपुर्ण भुमिका छ : उपकुलपती लामिछाने



भाषा संरक्षणमा थारु बृहत शब्द कोषको महत्वपुर्ण भुमिका छ : उपकुलपती लामिछाने

लमही ९ साउन । नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपती प्रध्यापक डाक्टर यादवप्रकाश लामिछानेले भाषा संरक्षणमा थारु बृहत शब्द कोष पुस्तकले महत्वपुर्ण टेवा पुर्‍याउने बताएका छन् ।थारु कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरीले प्रकाशन गरेको थारु बृहत शब्द कोषको शनिवार देउखुरीको लमहीमा विमोचन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका उपकुलपती प्रध्यापक डाक्टर लामिछानेले स्थानीय पालिकाहरुले सुरु गरेको थारु भाषाको पठन पाठनमा पनि सहयोग पुर्‍याउने बताए ।साथै उनले अन्य शब्द कोषहरु भन्दा यो शब्द कोषले सवै कुराहरु समेटेको र मापदण्डहरु समेत पुरा गरेको बताए । त्यस्तै उनले थारु शब्द कोषले थारु समुदायको भाषा बोलीमा सुधार ल्याउने भएकाले यसको अभियानलाई व्यापक बनाउनु पर्ने बताए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले राप्ती गाउँपालिकामा थारु भाषाको पठन पाठन सुरु भइसकेकाले गाउँपालिकाले गर्नुपर्ने साथ र सहयोग रहिरहने बताए ।  त्यस्तै राजपुर गाउँपालिकाकी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कामना चौधरीले थारु भाषाको पठन पाठनका विषयमा गाउँपालिकामा कुरा लैजाने बताइन् ।

कार्यक्रममा सत्गौवा समाजका अध्यक्ष खड्कबहादुर सत्गौवा, थारु भाषा विद राजेन्दप्रसाद्र चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, भाषा संरक्षक उदयराज आले, थारु कल्याणकारिणी सभाकी क्षेत्रिय उपसभापती रामपती चौधरी, रेडियो हाइवेका प्रवन्ध निर्देशक केपी घिमिरे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका सहसचिव कर्कट चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव बालगोविन्द चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे