दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, १ जना निको



दाङमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि, १ जना निको

दाङ ८ साउन । दाङमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ९ र तुलसीपुरका एक जना रहेका छन् । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय २१ पुगेको छ । ति मध्य ९८ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज तुलसीपुरका एक जना मात्रै कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ३ सय ४४ जना रहेको छ भने ८ हजार १६ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ७ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे