रोल्पामा घरेलु रक्सी खाँदा चार मजदुरको मृत्यु, दुई जना गम्भीर
घोराही ५ असार । घरेलु रक्सी सेवन गर्दा रोल्पाका चार जना मजदुरको ज्यान गएको छ। बागलुङको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले घरेलु मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सोमबार राति बाटोमै ज्यान गएको हो।
रोल्पा सुनिल स्मृति गाउँपालिका-५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ‘मजदुरी गर्दै आएका १४ जनामध्ये ६ जनाले गलकोट नगरपालिका-७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको देखिन्छ,’ डीएसपी हवारीले भने, ‘यसबारे हामी थप अनुसन्धान गरिरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस्