त्यसको भ्याट बिल उनीहरुले नगरपालिकासमक्ष पेश गरे पनि कर्मचारीहरुले नगरपालिकाकै भ्याट बिल हुनुपर्ने भनेपछि तालाबन्दी गरिएको एकजना ठेकदारले बताए । उनले भने, ‘राप्ती नदीको बगरबाट माल उठाउँदा प्रहरीले पक्रिन्छ भनेर हामीले रोल्पाको एक सप्लायर्सले डम्पिङ गरेर राखेको माल किनेर काम पूरा गर्यौं तर अहिले लमही नगरपालिकाकै भ्याट बिल चाहिन्छ भनेर डबल कर असुल्न खोजिएको छ ।’ उनले यो काममा करिब ५०–६० लाख खर्च भएको पनि बताए ।
लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले हाम्रा योजनामा अरुका भ्याटबिल किनिदिनुपर्छ भन्ने ठेकदारको माग स्वीकार्न नसकिने बताए । लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले लमही नगरपालिका भित्रका योजनामा बाहिरका पालिकाको भ्याट बिल प्रयोग गरिएकाले स्वीकार्न नसकिएको बताए ।