भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकामा आज सार्वजनिक बिदा



भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाण्डाै २९ असार । भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजानिक बिदा दिएको छ । नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिए । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदी रम्घामा जन्मिएका भानुभक्तको १९२५ साल असोज ६ गते निधन भएको थियो ।

भानु जयन्ती सप्ताहव्यापी रूपमा मनाउँदै आएकोमा यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण एक दिन मात्रै मनाइने भएको छ । भानु नगरपालिका–४ चुँदीरम्घा बेसीमा भानुजन्मस्थल विकास समितिको कार्यालयमा आज श्रद्धाञ्जली तथा साहित्यिक रचना वाचन कार्यक्रम राखिएको नगरप्रमुख उदयराज गौलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे