नचिनेको च्याउ खाँदा तुलसीपुरमा श्रीमान श्रीमति बिरामी



नचिनेको च्याउ खाँदा तुलसीपुरमा श्रीमान श्रीमति बिरामी

तुलसीपुर २१ असार । तुलसीपुरमा जंगली च्याउ खाँदा एकै घरमा श्रीमान श्रीमति बिरामी परेका छन् । नचिनेको च्याउ खादा तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निबासी ४० बर्षका पारसमणी भण्डारी र ३८ बर्षकी गोमा भण्डारी बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए ।

शनिबार दिउसो जंगलबाट ल्याएको च्याउपछि बिरामी परेका भण्डारी दम्पतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे