जातीय विभेद गरिएकाे भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट



जातीय विभेद गरिएकाे भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट

काठमाण्डाै २० असार । जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ परेकी घरधनीई प्रहरीबाट छुटाउन सरकारी गाडी लिएर गएका शिक्षा मन्त्रीले छुवाछुत गरेको भन्दै रूपा सुनुवारले आज सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् । मुद्दामा घरधनी सरस्वती प्रधान, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाइएको छ ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिट मार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे