नेपाली काँग्रेसका नेता किरण शाहद्वारा दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी दिने घाेषणा



नेपाली काँग्रेसका नेता किरण शाहद्वारा दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी दिने घाेषणा

तुलसीपुर १९ असार । नेपाली काँग्रेस नेता किरण शाहले दाङ क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । फरककोण संगको उनले आफुले ६ महिना पहिला नै उक्त पदका लागि उम्मेदवारी घोषणा गरि सकेको जानकारी दिए ।

पार्टी बिधि र पद्धति अनुसार सञ्चालन गर्न, युवा बर्गको आकर्षण बढाउन र बढ्दो अनुसाशन हिनताको अन्त्य गर्नको लागि आफुले संघीय सभापतिमा उम्मेदवारी घोषणा गरेको शाहले बताए । शाह अघिल्लो अधिबेशनका क्रममा पूर्व माननिय गेहन्द्र गिरी संग नगर सभापतिमा भिडेका थिए ।

गिरी संग पराजित शाह यसपटक फेरि क्षेत्र नं. ३ को संघीय सभापतिमा उम्मेदवारी घोषणा गरि आफ्नो पक्षमा माहोल निर्माण गर्न लागि परेका छन् । हक्कि स्वभावका नेता शाह पार्टी भित्र स्वच्छ छबि भएका नेताका रुपमा परिचित छन् ।

सरल स्वभावका नेता शाह २२ बर्ष अघि नगर सभापति भएका थिए । २०५६ सालका आम निर्वाचनमा पार्टीका बिधि र बिधान बिपपरित चलेको आरोप पछि तुलसीपुरका तत्कालिन मेयर शंकर आचार्यलाई शाहले कारबाही गरेका थिए ।

आचार्य मेयरमा बाहाल रहेकै समयमा २ बर्षको लागि पार्टीको साधारण सदस्य समेत नरहने गरि शाहले केन्द्रमा कारबाहीको सिफारिस गरि पठाएपछि त्यसले दाङ काँग्रेस भित्र उतिखेर एक किसिमको तरंग पैदा गरेको थियो ।

शाह २०३६ सालदेखि नै काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन । काँग्रेस भित्र संघीय सभापति चुन्न साउन २३ गने निर्वाचनमो मिति तोकिएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशनको मिति नजिक आउँदै गर्दा जिल्लादेखि क्षेत्र र वडासम्मका बिभिन्न पदहरुमा धेरै नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे