बिकट वस्तीलाई सधैं प्राथमिकतामा राख्नु पर्छ : प्रदेश सभा सदस्य शर्मा



बिकट वस्तीलाई सधैं प्राथमिकतामा राख्नु पर्छ : प्रदेश सभा सदस्य शर्मा
लमही १९ असार । लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले कमानपुर गाउँ जस्तै विकासमा पछी परेका गाउँ र वस्तीमा सरकारले विकासका योजना प्राथमिकताका साथ लागु गर्ने बताएका छन् ।
लमही नगरपालिका वडा नं. ७ कमानपुरमा शनिबार स्थानीयहरु संगको छलफलमा आफ्नो निर्वाचन क्षेत्रका विकट वस्तीमा सडक, सिंचाई, खानेपानी, कृषि लगायतका योजना प्राथमिकताका साथ कार्यान्वयन भैरहेको बताए । कमानपुरको विकासको लागी स्थानीय र प्रदेश सरकारको समन्वयमा योजनाहरु पर्छन’उहाँले भन्नुभयो–‘अर्जुनखोलामा झोलुंगे पुलको प्रक्रिया अघी बढेको छ ।’ स्थानीयलाई आयआर्जनको काममा संलग्न हुन अपिल समेत गरेका छन् ।
‘व्यवसायमा संलग्न हुने, आर्थिक आम्दानी गर्ने र जीवनमा परिवर्तन ल्याउन तर्फ यहाँहरुको ध्यान केन्द्रित हुन जरुरी छ’उनले भने–‘समयको रफ्तारलाई चिन्ने र त्यसलाई पकड्नुपर्छ ।’ कमानपुर र देउपुर जोड्नेगरी अर्जुनखोलामा झोलुंगे पुल निर्माणको लागी स्थानीय सरकारबाट प्रक्रिया सुरु गरिने र कार्यान्वयनको लागी ट्राईल ब्रिज सपोर्ट यूनिट राँझा नेपालगञ्ज र सेवा प्रतिष्ठान नेपाल संग सहकार्य गरिने छ । कमानपुरमा भएको छलफल कार्यक्रममा नेकपा एमाले लमही नगर कमिटिका संयोजक दण्डिराम चौधरी, जिल्ला सदस्य शिवराज गिरी, ओमराज गिरी लगायत स्थानीयको सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे