दाङमा हाल सम्म ६५ प्रतिशत जमिनमा धान रोपाई



दाङमा हाल सम्म ६५ प्रतिशत जमिनमा धान रोपाई

दाङ १६ असार । दाङमा हाल सम्म ६५ प्रतिशत जमिनमा रोपाइ भएको छ । जिल्लामा धान उत्पादन हुने ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ६५ प्रतिशत धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणी पौडेलले जानकारी दिए ।

साथै यस बर्ष विगत भन्दा बढि क्षेत्रफलमा धान रोपाई हुने बताए । पहिले ३६ हजार हेक्टर क्षेत्रफलमा मात्रै धान खेती हुने गरेकोमा यस वर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने बताए । यस बर्ष जिल्लामा रासायनिक मल पनि सहजै आपूर्ति भएकाले सहज भएको छ । यसवर्ष जिल्लामा ५०/ ५५ प्रतिशत हाईब्रेड, १५/२० प्रतिशत उन्नत जातको र १०/ १२ प्रतिशत स्थानीय जातको धान रोपाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे