कोक, फेन्टा होइन अव कागतीको जुस बनाएर बेच्नुपर्छः प्रदेश सभा सदस्य शर्मा



कोक, फेन्टा होइन अव कागतीको जुस बनाएर बेच्नुपर्छः प्रदेश सभा सदस्य शर्मा
देउखुरी १४ असार । लुम्बिनी प्रदेश सरकार अन्तरगत भू तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत निःशुल्क फलफूलको बिरुवा वितरणको लागि सोमबार देउखुरीका विभिन्न बस्तीमा पुगेका लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले कागती उत्पादनको हव बनाउने गरी आधा दर्जन बस्तीमा लगानी केन्द्रीत गरिएको बताएका छन् ।
‘कागतीको उत्पादन बढाउनुस । बजारको कुनै चिन्ता नलिनुस । सरकारले बजारिकरणको व्यवस्था मिलाउछ’शर्माले भने–‘कोक, फेन्टा होइन कागतीको जुस बिक्री वितरणको व्यवस्था मिलाउन सकिन्छ । स्थानीय सरकारले हाम्रो नगरमा कोक, फेन्टाको सट्टा कागतीको जुसलाइ प्रबर्द्धन गर्नेगरी नीति ल्याउन सक्छ ।’
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले एकिकृत जलाधार व्यवस्थापनको लागी जनताको जीवनस्तर उकास्ने योजना अन्तरगत फलफूलको विरुवा वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले दाङ क्षेत्र नम्बर १ का संयोजक नारायण डिसि छम्पालीले वर्तमान सरकारले जनताको पक्षमा थुप्रै उदाहरणीय कार्य गरेको बताए । विपक्षीलाई ती कार्यक्रम देखेर छट्पटी छुटेकाले सरकारले केही गरेन भन्दै कुतर्क गरेर भ्रमको खेती गरेको बताए । कार्यक्रममा नेकपा एमालेका नेता धुपनारायण चौधरी, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरी, नेकपा एमालेका जिल्ला सदस्य गोपाल ज्ञवाली लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कागती उत्पादनको लागि लमही नगरपालिका–९ हर्दवामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको छ । घोराही उपमहानगरपालिका–३ मुसोट खोला, लमही नगरपालिका–१ सुन्डबरी खुट्टी, लमही नगरपालिका–७ उच्चानिम्बु, लमही नगरपालिका–८ निमुखुट्टी, सोही वडाको जुरपानी, राजपुर गाउँपालिका–७ हाडवास, गोठ्वा लगायतका गाउँलाई कागती खेतिको हव बनाउनेगरी निःशुल्क कागतीको बिरुवा बितरण गरिएको छ ।
सोमबार लमही नगरपालिका–१ सुन्डबरी खुट्टि टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीराण शर्माको प्रमुख आतिथ्यतामा ७ सय कागती, २५० आँप र ५० बोट लिचिको बिरुवा वितरण गरिएको छ । यस्तै लमही नगरपालिका–७ उच्चानिम्बु टोल विकास संस्थाका अध्यक्ष पदम योगीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले किसानलाई ७ सय कागती, २ सय आँप र ५० लिच्चिको बिरुवा वितरण गरिएको छ ।
यस्तै लमही नगरपालिका–८ जुरपानी गाउँमा पनि कागती ७ सय, आँप २५०, लिच्चि ५० बोट वितरण गरिएको छ । कार्यक्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालयका सहायक भू संरक्षण अधिकृत महेन्द्र चौधरीले विरुवा कसरी लगाउने बारेमा अभ्यास मार्फत प्रष्ट पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे