लगातार वर्षातका कारण तुलसीपुरको मासु बजार डुवान



लगातार वर्षातका कारण तुलसीपुरको मासु बजार डुवान

तुलसीपुर,१४ असार । लगातार वर्षातका कारण तुलसीपुरको मासु बजार डुवानमा परेको छ । लगातर वर्षातका कारण पातुखोला देखी गौरीगाउँले कुलोमा आएको बाढि मासु बजार, न्युरोड, पिपलबोट,आलुमण्डिमा पसेको स्थानिय तथा राप्ती फ्रेस हाउसका संचालक अमर विकले जानकारी दिए । उनका अनुसार मासु बजार डुवानमा परेको छ ।

यस्तैगरी न्युरोडका केहि पसल पनि डुवानमा परेको अर्का स्थानिय कृष्ण खड्काले जानकारी दिए । पातुखोला हुँदै गौरीगाउँले कुलोमा आएको बाढिका कारण पिपलबोट ,आलुमण्डि पनि डुवानमा परेको हो । अहिले तुलसीपुर उपमहानगरपालिका कार्यालयले त्यस क्षेत्रमा जेसीवी र डोजर पठाएको छ ।त्यस क्षेत्रमा बाढि पसेको थाहा पाएपछि उपमहानगरपालिकाले गाडी पठाएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे