पश्चिम दाङमा कुलोमा बगेर बालिकाको मृत्यु



पश्चिम दाङमा कुलोमा बगेर बालिकाको मृत्यु

दाङ १३ असार । पश्चिम दाङमा कुलोमा बगेर एक बालिकाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका ६ कोरबाङ निबासी फिरु चौधरीकी ३ बर्षकी छोरी मुकमारी चौधरीको घर नजिकै रहेको कुलोमा बगेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

घरको आगनमा खेल्दै गरेकी बालिका करिब ११ बजे कुलोमा खसेको खेको प्रहरीले बताएको छ । बालिकाको शव डेढ किलोमिटर तल कोरबाङको नहर कुलोमा फेला परेको थियो । बालिकाको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यसैबिच बिजौरीको बाँसगडीमा मोटरसाईकलले ठक्कर दिदा एक बालिका घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका १८ बाँसगडी निबासी खुमराज डाँगीकी ३ बर्षीया छोरी सुप्रिया डाँगीलाई रा२प ९५८७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाइते भएको प्रहरीले जनाएको छ । बाँसगडीदेखि बिजौरीको दोघरे तर्फ जाँदै गरेको मोटरसाईकलले दिउँसो पौने तीन बजे ठक्कर दिएको थियो । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे