दाङमा अहिले सम्म ३६ हजार बढीले लगाए कोभिड विरुद्धको खोप



दाङमा अहिले सम्म ३६ हजार बढीले लगाए कोभिड विरुद्धको खोप

घोराही १२ असार । दाङमा हालसम्म ३६ हजार आठ सय ९७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार कोभिशिल्ड २८ हजार तीन सय ११ र भेरोसेल खोप आठ हजार पाँच सय ८६ जनालाई लगाइएको छ ।

स्वास्थ्य प्रमुख अंगदबहादुर शाहीले अहिलेसम्म फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि , सञ्चारकर्मी र सुरक्षाकर्मीहरुलाई र ६५ वर्षका ज्येष्ठ नागरिकहरुले खोप लगाएको जानकारी दिए ।

जिल्लामा कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका खोप लगाइएको हो । जनस्वास्थ्य प्रमुख शाहीले जिल्लामा लगाइएको खोपले कोभिड संक्रमण नियन्त्रणमा सहयोग पुगेको बताए । कोभिड संक्रमणविरुद्ध खोप धेरै प्रभावकारी भएको र खोपको दायरा बढाएर नागरिकलाई सुरक्षित राख्नु जरुरी रहेको उनको भनाई छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे