मन्त्री श्रेष्ठले आफ्नो पदिय मर्यादाको दुरुपयोग गरेको भन्दै दलित संघ दाङको आपत्ति



मन्त्री श्रेष्ठले आफ्नो पदिय मर्यादाको दुरुपयोग गरेको भन्दै दलित संघ दाङको आपत्ति

घोराही १२ असार । मन्त्रीले आफ्नो पदिय मर्यादा दुरुपयोग गरेको भन्दै नेपाल दलित संघ दाङले ध्यानाकर्षण भएको जनाएको छ । जातका कारण सञ्चारकर्मी रुपा सुनारलाई घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई थुनामुक्त गराउन सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पदिय मर्यादा विपरित काम गरेको भन्दै नेपाल दलित संघ दाङले प्रेस विज्ञप्ति मार्फत विरोध प्रकट गरेको छ ।

मन्त्रिले नारावाजी सहित थुनामुक्त गराई लगेर सरकारले नै जातिय हिसावले पक्षपात गरेको भन्दै नेपाल दलित संघ दाङले उक्त घटना प्रति खेद व्यक्त गरेको छ । संघले मन्त्रिलाई कानुनी कारवाहीको माग गरेको छ ।

संघले जातीय विभेदविरूद्द एक हुन सरोकारवालाहरूलाई अपिल पनि गरेको छ । संघले विज्ञप्तिमार्फत भनेको छ ,ञयस्ता घटनामा सामाजिक सञ्जालमा देखिएका अमानवीय टिप्पणीले दलित समुदायलाई चोट पुर्याएको छ । साम्प्रदायिक भावनालाई बढावा दिने, समाजलाई भ्रमित पार्ने यस्ता गतिविधीविरूद्द सरोकारवाला मानवअधिकारकर्मी, नागरिक समाज, राजनीतिक दललगायत सम्पूर्ण न्यायप्रेमीहरूसँग अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे