दाङका एसपी गणेश चन्द र तुलसीपुरका डिएसपी शिवबहादुर सिंहकाे एकै दिन सरुवा



दाङका एसपी गणेश चन्द र तुलसीपुरका डिएसपी शिवबहादुर सिंहकाे एकै दिन सरुवा

दाङ ९ असार । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दको सरुवा भएको छ । चन्दको नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्साल काठमान्डौमा सरुवा भएको हो । सोही ठाउँबाट चन्दको ठाउँमा एसपी विश्व अधिकारी जिल्ला प्रहरी कार्यालय दाङमा आउन लागेको प्रहरी विभागले जनाएको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज तथा डिएसपी शिव बहादुर सिंहको पनि सरुवा भएको छ । प्रहरी महानिरीक्षकको मिति२०७८।०३।०८ गतेको निर्णय अनुसार डिएसी सिंहको प्रहरी प्रधान कार्यालय विशेष व्यूरो नक्साल, काठमान्डौमा सरुवा भएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागका प्रहरी उपरीक्षक जनार्दन विसीले जानकारी दिए ।

अपराध अनुसन्धानमा अब्बल मानिने डिएसपी सिंह २०७६ जेठ १९ गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट सरुवा भएर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आउनु भएको थियो । सरुवा भएर आए लगत्तै डिएसी सिंहले पहिलो चरणको कोभिड महामारी नियन्त्रण, अवैध लागुऔषध ओसार पसार नियन्त्रण, जुवातास नियन्त्रण, करिब पाँच सय टोलमा टोल सुरक्षा समिति गठन, गाँजाखेति नष्ट र अपराधजन्य कृयाकलाप रोक्नका लागि ठूलो भूमिका खेलेको मानिन्छ  ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे