दाङमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि, ९७ जना निकाे १ जनाकाे मृत्यु



दाङमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि, ९७ जना निकाे १ जनाकाे मृत्यु

दाङ ८ असार ।  दाङमा आज १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार ९० जनामा परिक्षण गर्दा ६ महिला र १३ पुरुष गरि १९ जनामा कोरोना देखिएको हो ।

त्यस्तै वितेको २४ घण्टामा ९७ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार ३ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ७ सय ३४ पुगेको छ । आज जिल्लामा १ सय ७७ जना सक्रिय संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।

संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा १ सय २६ जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै ३७ जना सामान्य उपचारमा छन् भने १५ जना आईसियुमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउँसो ३ वजे दिएको जानकारी अनुसार राप्ती गाउँपालिका ७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

उनको लमही स्थित रातोडाडाँमा संचालित कोरोना विशेष आईशोलेसनमा उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ । आज मृत्यु भएका एक सहित जिल्लामा बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे