देशका अधिकांश ठाउँको मौसम सफा, पानी पर्न रोकिएसँगै नदी तथा खोलामा पानीको बहाव घटै्



देशका अधिकांश ठाउँको मौसम सफा, पानी पर्न रोकिएसँगै नदी तथा खोलामा पानीको बहाव घटै्

काठमाण्डौ ७ असार । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा घाम लागेको छ । अहिले वाग्मती प्रदेश, प्रदेश-१, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश-१ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार प्रदेश-१ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पनि पानी परिरहेको छ । मौसमविद्ले आज प्रदेश-१, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् । गएको २४ घण्टामा रुकुममा सबैभन्दा धेरै ८० मिलीमिटर पानी परेको छ । यस्तै, आज, भोलि र पर्सि केही ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको छ ।

हिजोदेखि नै पानी पर्न कम भएपछि देशका धेरैजसो नली तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । तर, यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने रहने मौसमविद्ले बताएका छन् ।

यस्तै आउँदो बिहीवारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । यसपालिको बर्खामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको बाढी पहिरोको जोखिम उच्च छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे