गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै



गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

काठमाडौँ ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेशसभामा विश्वासको मत लिँदै छन्। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे