बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय



बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय

काठमाण्डौ ३ असार । सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । प्रधानमन्त्री अध्यक्ष रहेको यो परिषद्ले विपद् भएका ठाउँको क्षतिको मूल्याङ्कन गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउने निर्णय समेत गरेको छ ।

नियमावलीले निर्दिष्ट गरेअनुसार केही तत्काल केही भुक्तानीको व्यवस्था गर्ने र पुनर्निर्माणको काम अघि बढाउने निर्णय भएको भूमि, व्यवस्था सहरी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिए ।

यस्तै प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत आवश्यक सबै कामअरु अघि बढाउने निर्णय समेत भएको मन्त्री कर्णले बताए । बैठकमा अहिलेको विपद्को अवस्था र र भविष्यमा आउने सबै विपद्का लागि आवश्यक तयारी, बाढी पहिरोका कारण घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्थापनबारे छलफल भएको र आवश्यक प्रबन्ध मिलाउन सम्बन्धी निकायलाई निर्देशन दिइएको मन्त्री कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे