कोरोना न्युनीकरण गर्न दाङका ४ पालिका सहित ७ पालिकालाई ५९ लाख आर्थिक सहयोग
आर्थिक सहायता पाउनेमा घोराही उपमहनगरपालिकालाई ६ लाख, लमही नगरपालिकालाई ९ लाख ५० हजार, बबई गाउँपालिकालाई ११ लाख, दंगीशरण गाँउपालिकालाई ११ लाख, सल्यानको त्रिवेणी गाँउपालिकालाई ४ लाख, प्यूठानको सरुमारानी गाँउपालिकालाई ११ लाख ५० हजार र प्युठानकै स्र्वगद्वारी नगरपालिकालाई ६ लाख कोरोना महामारी न्यूनीकरणका लागि आवश्यक सामग्री तथा व्यवस्थापन गर्न सहयोग प्रदान गरिएको हेफरका क्षेत्रीय वरिष्ठ निर्देशक प्रेम श्यामभयुले जानकारी दिए ।
यस्तै, दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमाकुमारी खड्काले गाउँपालिकामा कोरोनाका कारण अकाल ज्यान गुमाएकाहरुको स्मरण गर्दै जोखिमको यो बेलामा संस्थाले गरेको आर्थिक सहायतालाई पूर्ण उपयोग गर्ने बताइन् । ग्रामीण क्षेत्रमा रहेका महिला दिदीबहिनीहरुको जीवन सुधारका संस्थाले खेल्दै आएको भुमिका अविश्मरणीय रहेको बताउँदै उनले भोलिका दिनमा पनि निरन्तर रुपमा सहयोयको अपेक्षा गरिन् । आर्थिक सहयोग कार्यक्रममा संस्थाका तर्फबाट स्थानीय स्तरमा रहेका सहकारी संस्थाका प्रतिनिधिले समन्वय गरेका थिए ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालले ग्रामीण क्षेत्रमा रहेका निम्न आय भएका परिवारको आर्थिक सबलीकरण र सशक्तिकरणमा भूमिका खेल्दै आएको छ । संस्थाले पशुबस्तुको मुल्य श्रृखंलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्र्तगत रहेर दाङ, सल्यान र प्यूठान जिल्लाका १२ वटा सहकारीमार्फत समन्वय गरी काम गर्दै आएको छ । हेफरले यस क्षेत्रमा विगत १ दशक भन्दा लामो समयदेखि काम गर्दै आएको जनाएको छ । यस्तै, केन्द्रले विगत साढे २ दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि अहम् भूमिका खेल्दै आएको छ ।