देउखुरीकाे राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको उद्धार प्रयास जारी



देउखुरीकाे राप्ती नदीमा आएको बाढीमा फसेका चार जनाको उद्धार प्रयास जारी

देउखुरी २ असार । राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको उद्धार प्रयास जारी छ । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबिच टापुमा फसेका चारजनालाई उद्धार प्रयास भइरहेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार कार्यमा खटिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

‘भैँसी चराउन अस्थायी टहरा बनाएर बिच टापुमा बसेकाहरु रातभरि पानी पर्दा बाढी आएपछि फसेको खबर छ’, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले भने, ‘उद्दारको लागि रवर बोटसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।’ राजपुर गाउँपालिका तीनजना र लमही नगरपालिकाका एकजना टापुमा फसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे