तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न



तुलसीपुर उपमहानगरपालिकाको नवौ नगरसभा सम्पन्न

तुलसीपुर ३१ जेठ । दाङकाे तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचनमा प्रतिवद्धता गरेका अधिकांस बाचा पुरा गरेको बताएका छन । उपमहानगरको नवौ नगरसभा तथा बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले चुनावको समयमा जनताको माझमा प्रतिवद्धता गरेका अधिकांस बाचा पुरा गरेको बताउँदै बाँकी प्रतिवद्धताहरु एक बर्षको अवधिमा पुरा गर्नेगरी अघि बढ्ने बताएका छन ।

मेट्रो कलेज स्थापना, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, एक वडा एक नगर स्वास्थ्य केन्द्र, खरको छानोमुक्त अभियान, टरिगाउँ एयरर्पोट संचालन, सुत्केरी भत्ता, तुलसीपुर बसपार्क व्यवस्थापन, उज्यालो तुलसीपुर, मेट्रो अस्पताल लगताएत भौतिक पुर्वाधार विकासमा देखिनेगरी फड्को मारेको बताएका छन ।

चारबर्षे कार्यकाल पुरा गरेर अन्तिम चरणमा आएकाले यस अवधिमा हामीले गरेका कामको समिक्षा र आगामी जनमुखी योजनाको विषयमा संगसंगै हातेमालो गरेर अघि बढ्ने बेला आएको बताएका छन ।

विभिन्न राजनीतिक क्षेत्रबाट आएपनि चारबर्षे कार्यकाल सौहार्दपूर्ण वातावरण बन्नु र उपमहानगरपालिका नेपालमै नमुनाको रुपमा परिचित हुनुमा वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीको ठूलो सहयोग र साथ रहेको बताएका छन ।

आफुहरुले उठाएको खरको छानो मुक्त अभियाले राष्ट्रिय चर्चा र महत्व पाएको बताउनु भएको बताउँदै खरको छानो भएकै कारण चुहिएर असुरक्षीत भएका गरिब तथा विपन्न वर्गका घरमा टिनको छानो लगाईदिएर कोहि नहुनेको सरकार हुन्छ भन्ने कुराको महसुश गराएको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिकाबाट सुरु भएको अभियान आज देशका ७७ वटै जिल्लामा लागु भएको छ । कोहि नहुनेको सरकार छ । जनप्रतिनिधी छन् भन्ने कुराको हामीले महसुश बनाएका छौ,’ नगर प्रमुख पाण्डेले भन्नुभयो—‘केहि घरमा अझै पनि टिन लगाउनुपर्ने भएकाले यस आर्थिक बर्षमा पनि अभियानलाई निरन्तरता दिनेछौ ।’
तुलसीपुरले उठाएको स्वास्थ्यको अवधारणाले पनि देशभर सार्थकता पाएको बताएका छन ।

सो अवसरमा उपप्रमुख मायाँ अचार्यले उपमहानगरपालिकामा भएका ४४ वटा अनुकरणीय कार्यक्रमको समिक्षा र प्रस्तुतीकरण गर्नुभएको थियो । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको नगरसभामा १९ वटै वडाका वडा अध्यक्षहरुले आ—आफ्नो वडामा चार बर्षको अवधिमा भएका गतिविधिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

त्यसैगरी नगरसभामा विद्यायन समितिका संयोजक अमर नेपाली (माइकल), सुशासन समितिका संयोजक सुर्य बहादुर डाँगी (श्याम) वातावरण तथा विपतद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, सामाजिक विकास समितिका संयोजक कुमार लामीछाने, आर्थिक समितिका संयोजक माधव वली, लेखा समितिका संयोजक राजु आचार्यले प्रस्तुत गरेको प्रतिवदेन माथि पनि दफावार छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे