दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ



दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ

तुलसीपुर ३१ जेठ । दुई बालबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ती युवकले गएको बैशाख २७ गते ९ बर्षका बालकलाई अप्राकृतिक मैथुन र २८ गते ७ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा करिब १६ बर्षका युवक पक्राउ परेका हुन् ।

ती युवकले घर नजिकै रहेको खेतमा लगेर बलात्कार गरको आरोप छ । १६ बर्षका युवक बालक पर्ने भएकाले उनको नाम र ठेगाना गोप्य राखिएको छ ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले अनुसन्धानका लागि आरोपी युवकलाई नियन्त्रणमा लिएको बताउनु भएको छ । ‘कसैले मौखिक आधारमा हामीलाई खबर गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौ,’ डिएसपी सिंहले भन्नुभयो –‘ पिडितलाई आज बोलाएका छौ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे