दाङमा लकडाउनकाे समयमा ७ लैङ्गिक हिंसा



दाङमा लकडाउनकाे समयमा ७ लैङ्गिक हिंसा

दाङ ७ जेठ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको लकडाउनको अवधिमा दाङमा ७ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल शाखा दाङका अनुसार निषेधाज्ञाको करिव डेढ महिनाको अवधिमा ७ लैङ्गिक हिंसाका घटना भएका हुन् ।

जिल्लामा सबै भन्दा धेरै तुलसीपुरका ४, शान्तिनगरका २ र सल्यानका एउटा रहेका छन् । जसमा एउटा बहुविबाह, कुटपिट ,गालिगलोज र संकाका २/२ वटा घटना भएका छन् ।

ओरेक नेपाल शाखा दाङकी संयोजक ईश्वरी थापाले निशेषधाज्ञाको अवधिमा महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको बताए ।

साथै केन्द्रले लकडाउनको अवधिमा मनोपरामर्श सेवा दिदै आएको छ । जसमा अहिले सम्म ४१ महिला र १८ पुरुष गरि ५९ जनाले सेवा लिईसकेका छन् ।
त्यस्तै लकडाउनको अवधिमा पनि २ वटा घटनाको न्यायिक समितीले सहजिकरण गरिसकेको केन्द्रले जनाएको छ ।

त्यस्तै निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेको महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले जनाकारी दिएको छ ।
गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे