देउखुरीकाे राप्ती गाउँपालिकाका २५ दलित घरपरिवारलार्ई दलित सञ्जालद्वारा जस्तापाता बितरण



देउखुरीकाे राप्ती गाउँपालिकाका २५ दलित घरपरिवारलार्ई दलित सञ्जालद्वारा जस्तापाता बितरण

सिसहनियाँ २७ जेठ । देउखुरीकाे राप्ती गाउँपालिकाका विपन्न, खरकाे छानाे भएकाे र आर्थिक अवस्था कमजाेर भएका २५ दलित घरपरिवारलाई बिहिबार सिसहनियाँमा जस्तापाता बितरण गरिएकाे छ ।

राप्ती गाउँपालिकाकाे आर्थिक बर्ष २०७७/०७८ काे लक्षित बर्ग अन्तर्गत दलित तर्फकाे १० लाख विनियाेजित बजेट मध्येबाट ७ लाख ५० हजार बराबरकाे जस्तापाता खरिद गरी बितरण गरिएकाे हाे ।

गाउँपालिकालाई खरकाे छानाे मुक्त बनाउने अभियान अन्तर्गत दलित सञ्जालले आफ्नाे सञ्जालकाे कार्यालय भवन निर्माणका लागि बिनियाेजित रकमलाई समेत खरकाे छाना मुक्त अभियानमा खर्च गरेकाे राप्ती गाउँपालिका स्तरिय दलित सञ्जालका कार्यवाहक अध्यक्ष नारायण परियारले जानकारी दिए ।

बाँकी २ लाख ५० हजार भने दलित सञ्जालकाे आफ्नै पक्की भवन निर्माणका लागि राप्ती गापा-२ नम्बर वडाकाे बराखुटीमा निर्माण हुने कार्यालय भवनकाे ताराबार गर्ने कार्यवाहक अध्यक्ष परियारले बताए ।

गाउँपालिकाकाे ९ वटै वडामा रहेका विपन्न, आर्थिक अवस्था कमजाेर भएका र खरकाे छानाे भएका २५ दलित घरपरिवारलाई जनही १८ पिस जस्तापाता, पेलेन पाता, पेलेन काँटी, वासर गरी २८ हजार बराबरकाे सामाग्री बितरण गरिएकाे राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य संन्जिप छिनालले जानकारी दिएका छन् ।

जसमध्ये राप्ती गाउँपालिका १ नम्बर वडाका २ जना, २ नम्बर वडाका १ जना, ४ नम्बर वडाका ३ जना, ५ नम्बर वडाका ८ जना, ७ वडाका १ जना, ८ नम्बर वडाका १ जना र ९ नम्बर वडाका ७ जना गरी कुल २५ जनालाई १० फुट, २६ गेज बराबरकाे कुल ४ सय ५० पिस जस्ता पाता वितरण भएकाे कार्यपालिका सदस्य छिनालले बताए ।

उक्त जस्तापाता कार्यपालिका सदस्य सन्जिप छिनाल र दलित संञ्जालका कार्यवाहक अध्यक्ष नारायण परियारले बितरण गरेका थिए । जस्तापाता पाएपछि उनीहरूले यस्ताे बर्षात र लकडाउनकाे समयमा पनि जस्तापाता दिएकाेमा खुसी ब्यक्त गर्दै दलित सञ्जाल र गाउँपालिकालाई धन्यबाद दिएका थिए ।

जस्तापाता बितरण कार्यक्रममा संञ्जालका सचिव अनिल परियार, काेषाध्यक्ष मनकला सुनार, सदस्य प्रकाश परियार, स्थानीय सहयाेगी राजु परियार, प्रदिप परियार, माैसम परियार, दानबहादुर परियार लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे