दाङमा पानीमा डुबेर एक बालकको मृत्यु
दाङ २७ जेठ । दाङमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० सेरखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर घोराही-४ का जनक पाण्डेका ७ वर्षिय छोरा शिशिरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
बुधबार बिहान १० बजे पौडेलले क्रममा वेपत्ता भएका शिशिरको करिब २० घण्टापछि बिहिबार बिहान ६ बजेतिर शब फेला परेको उनले जानकारी दिए । शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्