लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित



लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा विपक्षी सांसद अनुपस्थित

बुटवल २५ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम विपक्षी गठबन्धनले सांकेतिक रुपमा बहिस्कार गरेका छन् । प्रदेश सभाको बैठकमा अहिले प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रदेशमा नेकपा एमालेको बहुमत नरहेको जानकारी गराउँदा पनि शंकर पोखरेललाई संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका विपक्षी गठबन्धनले त्यसको विरोध गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा अनुपस्थित भएका हुन् ।

जारी प्रदेश सभा बैठकमा सत्ता पक्षका अधिकांश प्रदेश सभा सदस्य उपस्थित भएपनि विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका प्रमुख सचेतक मात्र उपस्थित छन् ।विपक्षी गठबन्धनका प्रदेश सभा सदस्य प्रदेश सभा परिषसरमा उपस्थित भएपनि बैठक कक्षमा प्रवेश गरेका छैनन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य सम्बन्धित दलका संसदीय कार्यालयमै बसेर नीति तथा कार्यक्रमको जानकारी लिने र प्रमुख सचेतक मात्र बैठक कक्षमा उपस्थित हुने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए । सरकारका तर्फबाट मुख्यमन्त्रीसहित मन्त्रीहरु उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे