प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त



प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

काठमाडौं २१ जेठ । सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई  काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।

हालै सम्पन्न पत्रकार महासंघको  निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी  प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि काउन्सिलमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक अध्यक्षका रुपमा रहँदै आएका थिए ।

चार वर्षअघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यताका विषयमा विवाद उत्पन्न भई सर्वोच्च अदालतमा मुद्दामा परेपछि श्रेष्ठ र बुढाथोकीले २–२ वर्ष कार्यबाहक अध्यक्ष चलाएका थिए । बरालको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । बस्नेत यसअघि नेपाल टेलिभिजनको बोर्ड सदस्य समेत नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे