पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा काेराेना पुष्टि, ५ हजार ९ सय ४ जना निकाे



पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ८ सय २५ जनामा काेराेना पुष्टि, ५ हजार ९ सय ४ जना निकाे

काठमाण्डाै २० जेठ । गएको २४ घण्टामा नेपालमा ६ हजार आठ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार पाँच सय ६२ पीसीआर र तीन हजार दुई सय ११ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ६ हजार आठ सय २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार नाै सय ३६ पुगेकाे छ । अहिले एक लाख एक हजार आठ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  गएकाे २४ घण्टामा पाँच हजार नाै सय चार जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या चार लाख ६७ हजार चार सय ६७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण थप ७५ जनाको ज्यान गएसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार ६ सय ३० पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे