सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दिएकाे समर्थन फिर्ता लिने एमालेकाे निर्णय



सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई दिएकाे समर्थन फिर्ता लिने एमालेकाे निर्णय

काठमाण्डाै १० जेठ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । साेमवार बालुवाटारमा बसेकाे एमाले स्थायी कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

यस्तै बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे