काेराेना सङ्क्रमणबाट नेपाल प्रहरीका डीएसपी खरेलकाे ज्यान गयाे



काेराेना सङ्क्रमणबाट नेपाल प्रहरीका डीएसपी खरेलकाे ज्यान गयाे

काठमाण्डाै १० जेठ । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल प्रहरीका अर्का एक प्रहरी नायब उपरीक्षक (डीएसपी) काे ज्यान गएकाे छ । काेराेना सङ्क्रमणका कारण डीएसपी समिरचन्द्र खरेलको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत खरेलकाे उपचारका क्रममा प्रहरी अस्पताल महाराजगञ्जमा साेमवार (आज) ज्यान गएको हो । यसअघि गएको ६ गते कोरोना भाइरसको सङ्क्रमणका कारण प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार केसीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे