दाङमा साेमबार २ जना काेराेना संक्रमितको मृत्यु, १ सय २८ जनाले जिते कोरोना



दाङमा साेमबार २ जना काेराेना संक्रमितको मृत्यु, १ सय २८ जनाले जिते कोरोना

दाङ १० जेठ ।  दाङमा आज (सोमबार) थप २ जना संक्रमितको मत्यु भएको भने १२८ जना संक्रमणमुक्त भएका छन् । मृत्युहुनेमा घोराही १० का ४४ वर्षिय पुरुष र तुलसीपुर १४ की ३० वर्षिय महिलाको मृत्यु भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङले जनाकारी दिएको छ ।

पुरुषको होमआईशोलसनमा मृत्यु भएकोहो भने महिलाको कोरोना विशेष अस्पताल बुलझुुण्डीमा उपचारको क्रममा मृत्यु भएको केन्दले जनाएको छ । यससंगै दाङमा बैशाखयता १५७ जना संक्रमितको मृत्यु भएको छ संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४ सय ७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे