रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी दुर्घटना, थुनुवा सहित ४ जना प्रहरी घाइते



रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी दुर्घटना, थुनुवा सहित ४ जना प्रहरी घाइते

रुकुम, जेठ ७। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट थुनुवालाई लिएर नेपालगञ्ज हिँडेको गाडी शुक्रबार बिहान दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक थुनुवासहित ४ जना प्रहरी घाइते भएका छन्।

प्रहरीका अनुसार एक थुनुवा, प्रहरी नायब निरीक्षक जयबहादुर रानासहित पाँच जना घाइतेको उपचार रोल्पा अस्पतालमा भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। लु १ झ ५७० नम्बरको जीप शुक्रबार बिहान रोल्पा नगरपालिका–१ मा दुर्घटना भएको हो। रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीका अनुसार गाडी सडकमै चिप्लिएर पल्टिएर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे