प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, धारा ७६ को (५) अनुसार सरकार गठन प्रक्रिया थाल्ने



प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, धारा ७६ को (५) अनुसार सरकार गठन प्रक्रिया थाल्ने

काठमाण्डौ ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसके स्वतः मध्यावधि चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बहुमतको आधारमा सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा अल्पमतको सरकारको रूपमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधि सभाका जुनसुकै सदस्यले बहुमत छ भन्ने आधार पेस गरेमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।  यस्तै बैठकले जेठ ९ गते संसद्काे अधिवेशन बाेलाउन सिफारिस गर्ने निर्णयसमेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे