दाङमा आज ५ सय ५७ जनामा संक्रमण पुष्टि



दाङमा आज  ५ सय ५७ जनामा संक्रमण पुष्टि

दाङ ३ जेठ । दाङमा आज एकैदिन झण्डै ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आज ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेहरुमा घोराहीका २६०, तुलसीपुरका १८९, लमहिका ४१, दंगीशरणका २९, राप्तीका १४, शान्तीनगरका ९, बबईका ७, गढवाका ५ जना र बंगलाचुलीका ३ जना रहेका छन् ।

जिल्लामा २ हजार ५ सय ७६ सक्रिय संक्रमित रहेका छन् । यो संगै वैशाखयता कुल संक्रमितको संख्या ५ हजार २ सय ४५ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जिल्लामा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही १० का ६० वर्षिया महिला र ६१ वर्षिय पुरुष,  वडा नम्बर १४ का ७२ वर्षिया महिला, तुलसीपुर १४ का ५४ वर्षका पुरुष, वडा नम्बर १८ का ५५ वर्षका पुरुष, वडा ६ का ८४ वर्षकी महिला र वडा नम्बर ७ का ५५ वर्षका पुरुष रहेका छन् ।

यस्तै लमही ५ का ५५ वर्षका पुरुष, राप्ती १ का ५२ वर्षका पुरुष र दंगीशरण ३ का ६३ वर्षका पुरुष रहेका छन् । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या १ सय २५ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना संक्रमण मक्त भई ३ सय ६ जना डिस्चार्ज भएका हुन् । यो संगै बैशाखयता जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ६९ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे