रोल्पामा विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १५ दिन कैद गर्ने फैसला
रोल्पा २ जेठ । रोल्पा जिल्ला अदालतले ५ जना छात्राको हात भाँच्चिने गरी कुट्ने एक शिक्षिकालाई ५ हजार जरिवाना र १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले गत चैत २२ गते रून्टीगढी ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुन विरुद्ध यस्तो फैसला सुनाएको श्रेस्तेदार प्रेम खड्काले जानकारी दिए ।
शिक्षिका पुनले २०७६ जेठ १२ गते विद्यालय ढिला आएको भन्दै १४ जना विद्यार्थीलाई निर्घात कुटेकी थिइन् । कुटिएका मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोका पाँचजनाको हात भाँच्चिएको थियोे ।उनीहरूको दाङको तुलसीपुरमा उपचार गरिएको थियोे । अदालतले विद्यार्थी कुट्ने शिक्षिकालाई १५ दिन कैद सजाय तोके पनि यसअघि २४ दिन प्रहरी हिरासतमा बसिसकेकाले जेल भने जानुपर्ने छैन ।
प्रतिक्रिया दिनुहोस्