दाङको सोनापुर सिमेन्टले कोरोना संक्रमितका लागि हरेक दिन २० सिलिन्डर अक्सिजन दिने



दाङको सोनापुर सिमेन्टले कोरोना संक्रमितका लागि हरेक दिन २० सिलिन्डर अक्सिजन दिने

दाङ ३० वैशाख । कोरोना संक्रमणका कारण जिल्लामा अक्सिजनको चरम अभाव भइरहेको बेला दाङको सोनापुर सिमेन्ट उद्योगले दैनिक २० सिलिन्डर अक्सिजन उपलब्ध गराउन सुरु गरेको छ।

हरेक दिन निःशुल्क दाङका संक्रमितका लागि २० थान अक्सिजन सहयोग गर्ने कम्पनीको निर्णय भएअनुसार बिहीबारदेखि जिल्लामा अक्सिजन उपलब्ध गराउन सुरु गरेको सोनापुर मिनरल्स एण्ड आएल प्रालिका महाप्रवन्ध हरि पाठकले जानकारी दिए।

जिल्लामा उत्पादन भइरहेको अक्सिजन र डिलरहरुको नियमित रुपमा आपूर्ति भइरहेको सन्दर्भमा माग अत्यधिक भएपछि सबै सरोकारवाला निकायको अनुरोधमा सोनापुर सिमेन्ट उद्योगले निःशुल्क अक्सिजन दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे