राप्ती गाउँपालिकामा कोरोनाबाट ६ जनाको मृत्यु, ५ जना आइसोलेनमा भर्ना



राप्ती गाउँपालिकामा कोरोनाबाट ६ जनाको मृत्यु, ५ जना आइसोलेनमा भर्ना

सिसहनियाँ २९ वैशाख । दाङ देउखुरीको राप्ती गाउँपालिकामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ६ जनाको मृत्यु भएको हो । यसै गरी हाल राप्ती गाउँपालिकामा हाल सम्म ९६ जना कोरोनाका संक्रिय संक्रमित विरामीहरु रहेका छन् ।

यता गाउँपालिकाले सिसहनियाँ स्वास्थ्य चौकीमा स्थापना गरेको कोरोना विषेश अस्थायी अस्पतालमा ५ जना विरामी रहेका छन् भने ८४ जना होमआइसोलेनमा रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् । कोरोनाबाट निको हुनेको संख्या २४ रहेको छ भने आइसोलेनमा उपचाररत ३ जना विरामीलाई अक्सिजन दिनुपर्ने अवस्थाका छन् तर आइसोलेनमा ३ वटा मात्र अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिनु भयो ।

कोरोना विषेश आइसोलेनमा किट नहुँदा स्वाप संकलन तथा परिक्षणका लागि घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाउनु पर्ने बाध्यता रहेको छ । त्यस्तै राप्ती गाउँपालिकामा २ वटा एमबुलेन्सले मात्र विरामी बोक्दा समस्या रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे