दाङमा बुधबार करिब ४ सय जनामा कोरोना संक्रमण पुष्टि



दाङमा बुधबार करिब ४ सय जनामा कोरोना संक्रमण पुष्टि

दाङ २९ बैशाख ।आज दाङका झण्डै ४ सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको पिसिआर परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५ सय ५० जनाको स्वाव परिक्षण गर्दा ३ सय ८१ जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । बैशाख महिनाको अहिलेसम्म ४ हजार ४४ जनामा संक्रमण पुष्टि भएको हो । केन्द्रका अनुसार आज दाङका १ सय ३२ जना निको भएका छन् । बैशाखयता मात्रै जिल्लामा १ हजार ६ सय २६ जना संक्रमण मुक्त भएका छन् । दाङमा संक्रिय संक्रमितको संख्या २ हजार ४ सय १८ जना रहेको छ ।

संक्रिय संक्रमितमध्ये १ सय २८ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने २ हजार २ सय ९० जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन । यस्तै संस्थागत आईशोलेशनमा रहेका १ सय २२ जना मध्ये कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५९ जना उपचाररत रहेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २७ जना बिरामी भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे