दाङमा घोराही र बबईका गरी तीन संक्रमितको मृत्यु



दाङमा घोराही र बबईका गरी  तीन संक्रमितको मृत्यु

दाङ २६ बैशाख । दाङमा ७ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझ ६ बजेदेखि आज बिहान १ बजेको बिचमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचारारत घोराही उपमहानगरपालिका र बबई गाउँपालिकका कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

थप मृत्यु हुनेहरुमा घोराही–१२ का ७५ वर्षिय पुरुष र घोराही–१८ का ५५ वर्षिय पुरुष रहेका छन् । त्यसैगरी बबई गाउँपालिका–४ की २७ वर्षिय महिलाको आज बिहान साढे १२ बजे मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए। तीन जनामा कोरोनासंगै निमोनियाको समस्या रहेको व्यवस्थापक वलीले बताए । कोरोना संक्रमणदर बढेसंगै मृत्युदर पनि बढेको छ । जिल्लामा बैशाख महिनायता २५ दिनको अवधिमा  ५९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे