दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि, एककाे अवस्था गम्भीर, अन्य सबैकाे अवस्था सुधारान्मुख
दाङ २५ वैशाख । दाङमा १४ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर रहेका छन् । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अन्य १२ जना पत्रकार अहिले होमआइसोलेसनमा बसेको पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।
साथै उनले जिल्लामा रहेका पत्रकारहरुको अवस्थाको स्वास्थ्यको बारेमा जानकारी लिइरहेको र उनीहरुको अवस्था सुधारान्मुख रहेको बताए । कतिपय पत्रकारको परिवारनै संक्रमित भएको बताए । संक्रमित पत्रकारहरु घरमा बस्दा परिवारलाई नै संक्रमण फैलने समस्या समेत रहेकोले पत्रकार महासंघको हलमा ६ बेडको आइसोलेसनको स्थापना गरेको पनि बताए ।
सो आइसोलेसन स्थापना गरिए पनि आइसोलेसन सेन्टरमा अक्सिजनको अभाव रहेको उनको भनाइ छ । पत्रकार देवीराम कुसारीको समन्वयमा घोराही उपमहानगरपालिका १५ का शितल रावतले दुई वटा सिलिण्डर सहयोग गरेको पनि उनले बताए । उक्त आइसोलेसन सेन्टरलाई कम्तिमा १० वटा सिलिण्डरको आवश्यकता रहेकोले अक्सिजन सहयोग गर्न सहयोगिदातालाई केसीले आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्